जिल्ला रौतहट प्रदेश नं.२ गौर नगरपालिका वडा नं.२ मा रहेको सरकारी विद्यालय श्री जुद्घ नमूना माध्यमिक विद्यालयले कोभिड–१९ को महामारीले विश्व त्राभिमान भई रहदाँ हाम्रो मुलक पनि त्यसवाट प्राभावित भई रहेको वेला श्री जुद्घ नमूना माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिब जनताका छोरा , छोरीहरुवाट मनमौजी ढंगले विभिन्न वहाना बनाई चर्को शुल्क असुली गरी निष्कृष्ट कार्य गर्दै छन । त्यसको विरुद्घमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ र सो माफिया तन्त्रको विरुद्घमा अनेरास्ववियुले विभिन्न चरणका आन्दोलन गर्दै आएको कुरा सबैमा जानकारी नै छ । सो कार्य तुरुन्त रोकी खारेज गर्न मांग गर्दा विद्यालय प्रशासनले कुनै वास्ता नगरी हाल सम्म सो कार्य गर्दै आएको छ । अझ पनि दम्भ देखाई विधार्थीहरु संग चर्को शुल्क तिर्नु पर्ने वाध्यमात्क परिस्थीति निर्माण गर्ने जस्ता कार्य गर्दै छन र नेपाल सरकारको निःशुल्क रुपमा आएको पाठय पुस्तक शुल्क लिई विधार्थीहरु लाई मात्र दिएको र न तिरेका विधार्थीहरुलाई पाठय पुस्तक समेत वितरण गरेका छैन । यो कार्य पुर्ण रपमा निन्दनिय रहेकोले घोर आपती सहितको यो गतिविधि रोक्कन अनेरास्ववियु जोडदार मांग गर्दछ साथै अहिलेको समय देखि २४ घण्टाको अल्टीमेटम सहित जोडदार मांग गर्दछ । अनेरास्ववियुले जारी गरेको यस २४ घण्टे अल्टीमेटम सहितको विज्ञप्तीलाई नजर अन्दाज गरे यस पछिको समयमा श्रृजना घर घटनाहरुको सम्पूर्ण जिम्मेवारी श्री जुद्घ नमूना माध्यमिक विद्यालयलको प्रशासन लाइ हुने विज्ञप्ती मार्फत जानकारी गराएको छ ।