अपडेटः हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री सहित सातै जनाको मृत्यु

Pravin Panday

ByPravin Panday

१५ फाल्गुन २०७५, बुधबार १६:५८ १५ फाल्गुन २०७५, बुधबार १६:५८ १५ फाल्गुन २०७५, बुधबार १६:५८


पोखरा, १५ फागुन । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित हेलिकप्टरमा सवार सात जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सात जनाकै मृत्यु भएको छ ।

घटनास्थलमा सातै जनाको शव भेटिएको छ, दुर्घटनास्थलमा प्रहरी टोली दिउसो ३.०० वजे नै पुगेको थियो । हेलिकप्टरमा मन्त्री अधिकारी, क्याप्टेन प्रभाकर केसी सहित सात जना थिए । एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर यात्रुलाई लिएरतेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ उडेको थियो ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद शेरचन र अर्का एकजना सवार थिए ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोन सकेपछि ताप्लेजुङ पुगेका थिए । दुर्घटनामा ज्यान गुमाउनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी,यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेपा,नेपाल नागरिक उड्ययन प्राधिकरण उप—महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल र नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर धु्रबदास भोछिभया रहेका छन् ।

Leave a Reply

Your email address will not be published.