आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

Pravin Panday

ByPravin Panday

२१ फाल्गुन २०७५, मंगलवार १०:१० २१ फाल्गुन २०७५, मंगलवार १०:१० २१ फाल्गुन २०७५, मंगलवार १०:१०


म्याङलुङ, २१ फागुन । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङ निवासी राममाया कार्कीको घरमा मंगलबार बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।

आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए ।

आमा राममायाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताएका छन् । आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए । आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.