११ चैत्र २०७७, बुधबार ०७:४७ ११ चैत्र २०७७, बुधबार ०७:४७ ११ चैत्र २०७७, बुधबार ०७:४७
सोनु कुमार महतो
रौतहट , ११ चैत्र । पूर्व मन्त्री मोहम्मद आफताव आलमलाई रिहामा बेर लाग्दैन नेपाली काङ्ग्रेस पार्टीको महामन्त्री शशांक कोइरालाले नेपाल शिक्षक संघ दोस्रो र तेस्रो संयुक्त प्रतिनिधिसभा आज देखी रौतहटमा नेपाल शिक्षक संघ प्रदेश नम्बर २ समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिका आसनबाट सम्बोधन गर्दै भने पूर्व मन्त्री आफताव आलमलाई झुठो मुद्दा लगाएको आरोप लगाए।
नेपाली काङ्ग्रेस पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई यो सरकारले कपोकल्पित मुद्दा बनाएर फसाएको उनले बताएका थिए।
घटना भएको छैन जलसाझी गरेर केपि ओलिले नेपाली काङ्ग्रेसलाई मुख्यरुपले बदमान गराउन सडयन्त्र रचेको उनले टिप्पणी गरे।
रौतहट क्षेत्र नम्बर २बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री आफताव आलमलाई राजनीति प्रतिशोध र झुठो मुद्दामा फसाएको उनले जिकिर गरे।
अब नेपाली काङ्ग्रेस पार्टीले यो मुद्दामा चुप लागेर बस्ने छैन ,पूर्व मन्त्रीलाई रिहा गराउन पहल हुदै रहेको उनले बताएका हुन।
श्री उच्च माध्यमिक विद्यालय बरगजवा,रौतहटको प्राङ्गणमा नेपाल शिक्षक संघ प्रदेश नम्बर २ समितिको अध्यक्ष मेघनाथ यादवको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ।