इमान्दार नेताको अभाव— पूर्वराष्टपति यादव

Pravin Panday

ByPravin Panday

१८ फाल्गुन २०७५, शनिबार १५:१५ १८ फाल्गुन २०७५, शनिबार १५:१५ १८ फाल्गुन २०७५, शनिबार १५:१५


काठमाण्डौ, १८ फागुन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताको अभाव देखिएको बताएका छन् ।

डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले अहिले राजनीतिक क्षेत्रमा कोमान्छे छ, जसको नाम सुन्दा तपाई शिर निहुराउनु हुन्छ प्रश्न गर्दै उनले मनमोहन, पुष्पलाल, कृष्णप्रसाद, वीपी वा गणेशमान नाम लिदा शिर आफै निहुरिन्छ ।

पूर्वराष्ट्रपति यादवले अहिले इमान्दार मान्छेहरुले चुनाव जित्न नसक्ने अवस्था आएको समेत बताए । प्रमुख दलले पछिल्लो समय प्रत्यक्षतर्फ ठेकदारलाई टिकट दिएको र समानुपातिकको सिट बेचेको आफूले सुनिरहेको भनाइ उनको छ ।

Leave a Reply

Your email address will not be published.