उद्यमशील किशोरीलाई लेखा तालिम

Pravin Panday

ByPravin Panday

२५ माघ २०७५, शुक्रबार ११:२० २५ माघ २०७५, शुक्रबार ११:२० २५ माघ २०७५, शुक्रबार ११:२०

पर्वत, २४ माघ। उद्यमी युवा महिलाका लागि मोदी गाउँपालिका—६ डिमुवामा सञ्चालित तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ।

कुखुरा पालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल उद्यमशिल बनेका किशोरीलाई सहकारीमा आवद्ध गराई संस्थागत रूपमा तालिम सञ्चालन गरिएको हो।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा मोदी गाउँपालिका वडा ६, ७ र ८ का २० जना उद्यमी किशोरीले सहभागिता जनाएका थिए।

तालिम प्र्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई शुरु देखि नै व्यवस्थित, पारदर्शी र सबैको विश्वासनीय बनाउन लेखा प्रणालीलाई व्यवस्थित गराउनु पनेर्मा जोड दिए।

थोरै पूँजी संकलन गरेर बनाइने सहकारीलाई व्यवस्थित गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक अवस्था सुधार ल्याउन वित्तीय अनुशासन महत्वपूर्ण हुने भन्दै उनले लेखासम्बन्धी ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे।

तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो।