पोखरा, १२ माघ। पोखरा–६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १० औ वार्षिकोत्सव अवसरमा शनिवार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रकी प्रशिक्षक शारदा पहारी, स्त्री रोग विशेषज्ञ डा पद्यराज ढुङ्गाना, मानसिक रोग विशेषज्ञ डा रवि तिमिल्सिना र पेट तथा कलेजो विशेषज्ञ डा सुवास भट्टराईले स्वास्थ्य सम्वन्धि विविध विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा सहकारीका सेयर सदस्यको सहभागिता रहेको थियो।
कार्यक्रम प्रमुख अतिथि ज्येष्ठ नागरिक हरिकला पहारीको रक्तचाप नापेर उद्घाटन गरिएको थियो।
उपकार बचत तथा ऋण सहकारी संस्था महिला उपसमिति संयोजक पवित्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य भागिरथी थापाले स्वागत र सहसचिव कृष्णकुमारी पौडेलले संचालन गरेकी थिइन्।