ओमद्वारा वित्तीय साक्षरता

Pravin Panday

ByPravin Panday

२४ माघ २०७५, बिहीबार १०:०४ २४ माघ २०७५, बिहीबार १०:०४ २४ माघ २०७५, बिहीबार १०:०४

लेखनाथ, २३ माघ। ओम डेभलपमेन्ट बैंक लिमिटेड लेखनाथ शाखाले बुधबार अर्घौस्थित लक्ष्मी माविका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सर्वसाधारण मानिसलाई कसरी वित्तीय पहुँच पुर्याउने र बैंकबाट प्राप्त हुन सक्ने वित्तीय सेवा सुविधा लिन उत्प्रेरित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवस्थापन संकायमा अध्ययनरत छात्रछात्रालाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान दिइएको थियो।

कार्यक्रममा बैंकको उत्पत्ति, बैंकका कार्यहरु, बचत गर्ने तरिका र उद्यमशीलताको विकास लगायत विषयवस्तुबारे जानकारी गराइएको थियो।

उक्त कार्यक्रमको सञ्चालन ओम डेभलपमेन्ट बैंक लेखनाथ शाखाका प्रबन्धक रसवीन्द्र अधिकारीले गरेका थिए भने प्रशिक्षण बैंकको मुख्य शाखाका प्रबन्धक सुदीप पौडेल र असुली शाखा प्रमुख बुद्धिसागर भण्डारीले गरेका थिए।

कार्यक्रममा १२ कक्षामा अध्ययनरत करिब ५० जना विद्यार्थीको सहभागिता रहेको थियो।