१४ मंसिर २०७८, मंगलवार १७:१९ १४ मंसिर २०७८, मंगलवार १७:१९ १४ मंसिर २०७८, मंगलवार १७:१९
काठमाडौँ — एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् ।
एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरे ।
पाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२५ मत ल्याए ।