कांग्रेस र नेकपाविरुद्ध सशक्त पार्टीको खाँचो छ स् राजेन्द्र महतो

Pravin Panday

ByPravin Panday

८ आश्विन २०७६, बुधबार १४:३५ ८ आश्विन २०७६, बुधबार १४:३५ ८ आश्विन २०७६, बुधबार १४:३५

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले एकताका लागि समाजवादी पार्टीले सरकार छाडेर समान हैसियतमा आउनुपर्ने बताएका छन् ।बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्माणाधिन सभाकक्षको निरीक्षण गर्न पुगेका महतोले यस्तो बताएका हुन्।

समाजवादी पार्टी सरकारमा सहभागी भएकै अवस्थामा एकता गर्न नचाहेको उनले बताए।उनले भने, ुदेशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ।ु

जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उनले बताए।उनले भने, ुसत्तामा भएसम्म एकता सम्भव हुँदैन। समानताका आधारमा मात्र पार्टी एकीकरण हुन्छ।ु

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका निर्वाचित सांसद महतोले संसदीय कोषबाट महासंघ धनुषा शाखालाई सभाकक्ष निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published.