काङ्ग्रेस पार्टीको जनवर्गीय संगठन तरुण दल द्वारा संसद पून बहालीको सम्मानमा मैनवती

Sonu Kumar Mahato

BySonu Kumar Mahato

११ फाल्गुन २०७८, बुधबार ०८:११ ११ फाल्गुन २०७८, बुधबार ०८:११ ११ फाल्गुन २०७८, बुधबार ०८:११

सोनु कुमार महतो
काठमाडौं ,११ फाल्गुन । नेपाली काङ्ग्रेस पार्टीको जनवर्गीय संगठन नेपाल तरुण दल रौतहटको आयोजना सदरमुकाम गौर स्थित बिपि चौकमा प्रतिनिधि सभा विघटन पून बहाली सर्वोच्चले गरेकोमा मैनवती वालेर स्वागत गरिएको छ। नेकपा सहित सम्पूर्ण दलले रौतहट लगायत देश भरमै मैन्वती बालेर सन्सद बहालीको आदेशलाई सम्मान गरेको उनले बताएका हुन।
गत पौष ५ गते का दिन नेकपा प्रधानमन्त्री केपि ओलिके प्रतिनिधिसभा विघटन गरेको थियो तर त्यसको बिरुधमा सबै दल सर्वोच्चमा पून बहालको मुदा दिएको थियो तर आज सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा पौष ५ गते देखि नेपाली काङ्ग्रेस ,नेकपा र जसपा लगायतका पार्टीहरुले आन्दोलन गर्दै आएका थिए
लगभग २ महिना ६ दिनमा सर्वोच्चले जनताको कदर गर्दै सन्सद पून बहालीको आदेश देशमै स्वागतयोग्य कै चर्चा नै चलिरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published.