पोखरा, ३० फागुन। काहूँ देउराली बहुउद्देश्यीय सहकारी संस्था पोखरा ११ ले शेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि अवलोकन भ्रमण गरी पोखरा फर्केको छ।
भ्रमण टोलीले पश्चिमका विकट पहाडी जिल्लामा रहेका सहकारी संस्थासँग भगीनि सम्बन्धसमेत स्थापना गरेको भ्रमण टोलीका संयोजक दीपक प्रकाश आचार्यले जानकारी दिए। पाँच दिने भ्रमण टोलीले कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थासँग सहकारीको अनुभव आपसमा साटासाट गरेको थियो।
दुर दराजमारहेको विकट पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, चाँदनी दोधरार नेपालगञ्चको बागेश्वरी मन्दिर, दाङको धारापानीमा रहेको विशाल त्रिशुलसहित अवलोकन गरेको भ्रमण टोलीमा ३८ जना शेयर सदस्यको सहभागिता रहेको थियो ।