कुटपिटवाट मृत्यु

Pravin Panday

ByPravin Panday

१५ फाल्गुन २०७५, बुधबार १०:०० १५ फाल्गुन २०७५, बुधबार १०:०० १५ फाल्गुन २०७५, बुधबार १०:००


रुकुम, १५ फागुन । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ।

नेपालगञ्ज बाँकेका ४६ वर्षीय दीपक भन्ने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ। दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुनले कुटपिट गर्दा रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्दा घटना भएको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मङ्गलबार बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। राना र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published.