पोखरा, ४ फागुन। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एशोसिएसन विथ आईएमईपे’ तयारी तीव्र बनाएको छ।
आगामी फागुन १८ देखि २४ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्की सहित प्रदेशका अन्य जिल्लामा पनि प्रचार–प्रसार भइरहेको अध्यक्ष युवराज पौडेलले जानकारी दिए।
प्रचारप्र्रसारकै क्रममा क्यानले स्याङ्जामा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारीबारे जानकारी गरायो ।
क्यान प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा इन्फोटेकले महत्वपूर्ण योगदान पुर्याउने बताए। अन्य जिल्लामा पनि प्रचारप्रसार गरिने सचिव विकास भूतेर्लले जानकारी दिए।
यसैबीच इन्फोटेकमा राखिने स्टलहरुमध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए।
क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्िटवल पनि हुनेछ। इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ।