क्राईम केयर सामुदायिक सिकाई अध्ययन केन्द्रलाई युनेस्को काठमाडौ द्वारा तीन लाखको सामाग्री हस्तान्तरण

Sonu Kumar Mahato

BySonu Kumar Mahato

१५ मंसिर २०७८, बुधबार १८:०६ १५ मंसिर २०७८, बुधबार १८:०६ १५ मंसिर २०७८, बुधबार १८:०६

मंसिर १५  रौतहट 

क्राईम केयर सामुदायिक सिकाई अध्ययन केन्द्रलाई युनेस्को काठमाडौ द्वारा तीन लाखको सामाग्री हस्तान्तरण गरेका छन । क्राईम केयर सामुदायिक सिकाई अध्ययन केन्द्र ,राजदेबी नगरपालिका  ७ ,मुडवालवा रौतहटलाई करिब साढे तीन लाख रुपैया बराबरको सामाग्री राजदेबी नगरपालिकाका मेयर धिरेन्द्र कुमार सिंहले हस्तान्तरण गरेका छन ।

सिकाई केन्द्र मुडवलवाको कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा युनेस्को रौतहटको प्रतिनिधि दिपेन्द्र ठाकुरले मेयर धिरेन्द्र कुमार सिंह द्वारा संस्थाका अध्यक्ष रबिन्द्र प्रसाद साह र सहजकर्ता रश्मि पटेललाई कार्यालयको काममा प्रयोग हुने समग्रीहरु  लैपटप , डिजिटल क्यमरा , प्रिण्टर, स्केनर,प्रोजेक्टर र बैग लगाएतका सामग्री हस्तान्तरण गर्नु भएको छ ।

रौतहट जिल्लामा ४५ वटा सामुदायिक सिकाइ केन्द्र रहेकोमा तत्काल  चार वटा नगरपालिकालाई छनौट गरिएको मध्ये राजादेबी नगरपालिकामा रहेको चार सामुदायिक अध्ययन केन्द्र मध्य क्राईम केयर सामुदायिक सिकाइ अध्ययन केन्द्र छनौट भएकोले सो सामाग्री हस्तान्तरण गरिएको युनेस्को रौतहट प्रतिनिधि दिपेन्द्र ठाकुरले बताउनु भएको छ।

अत्याधुनिक सामाग्री हस्तान्तरण पछि मेयर सिंहले युनेस्को संस्थालाई धन्यवाद दिदै हाम्रो नगरको बिकासमा थप उर्जा मिल्ने कुरामा आफू बिश्वास्त रहेको र यस सामुदायिक सिकाइ केन्द्रलाई थप सहयोग गर्ने बचनवदता जाहेर गर्नु भएको छ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख बिजय सिंह , स्थानीय समाजसेवी कृष्णनन्दन यादव , राजदेव साह कानु लगाएतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.