खहरे आमा समूहमा मैयाँ

Pravin Panday

ByPravin Panday

१७ फाल्गुन २०७५, शुक्रबार ०९:२३ १७ फाल्गुन २०७५, शुक्रबार ०९:२३ १७ फाल्गुन २०७५, शुक्रबार ०९:२३

पोखरा, १६ फागुन। पोखरा–६, खहरेस्थित खहरे आमा समूहको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले पुनः मैयाँ भट्टराई थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

वडा अध्यक्ष भरत पहारीले साधारणसभा उद्घाटन गर्दै आमा समूहले गरेका कार्यहरु अनुकरणीय रहेको बताए। उनले आमा दिदीबहिनीलाई दाजुभाइले पनि साथ र सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समिति तथा पोखरा उपत्यका बृहत् सरसफाइ अभियान संयोजक रामबहादुर पौडेल, खहरे टोल विकास समितिका अध्यक्ष गणेश पहारी, पर्यटन महिला मञ्चकी जमुना पराजुली, सामुदायिक सेवा केन्द्र बैदाम अध्यक्ष मीना भट्टराई, छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापा, साइनिङ स्टार स्कूलका प्रिन्सिपल अर्जुन पाण्डे, बाल क्लबकी अध्यक्ष प्रेरणा पराजुली, सम्मानिततर्फबाट इमनाथ जैसी, सदस्यतर्फबाट मनु थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नीरज थापा, मनिषा थापा, हरिकृष्ण पहारी, कमल भूजेल, रुद्रप्रसाद गुरुङ, पद्मा गुरुङ, इमनाथ जैसी, लक्ष्मी थापा, राधा पहारी, मंगली जलारी, जयसन्तोषी हस्तकला उद्योग, खहरे दाजुभाइ समूह, खहरे टोल विकास संस्था, गोपी भट्टराई, सोवित परियार, सुजन गुरुङ, मीना रानाभाटलाई सम्मान गरिएको थियो।

समिति अध्यक्ष मैयाँ भट्टराई थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अञ्जना पहारी र सञ्चालन सचिव पम्फा थापाले गरेका थिए।

Leave a Reply

Your email address will not be published.