गण्डकी धौलागिरी यातायात समन्वय समितिमा पदस्थापन

Pravin Panday

ByPravin Panday

४ माघ २०७५, शुक्रबार ०९:०० ४ माघ २०७५, शुक्रबार ०९:०० ४ माघ २०७५, शुक्रबार ०९:००

पोखरा, ३ माघ। गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराको नवनिर्वाचित समितिको पदस्थापन भएको छ।

समितिको हालै सम्पन्न अधिवेशनबाट केदार पौडेलको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको थियो।

पदस्थापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश संसद्का अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले व्यवसायीहरुका समितिलाई उचित व्यवस्थापन आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐनकुमार साई, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर राना, समन्वय समितिका संस्थापक अध्यक्ष हरि खनाल लगायतले बोलेका थिए।

नवनिर्वाचित समितिमा अध्यक्ष पौडेलसहित वरिष्ठ उपाध्यक्ष योगेन्द्रबहादुर केसी, उपाध्यक्षद्वय प्रकाशमणि तिवारी, दयाराम भारती, महासचिव अमृत शर्मा तिमिल्सिना, सचिव श्रीप्रसाद तिवारी, सन्तोष राना र सहकोषाध्यक्ष लक्ष्मण बास्तोला छन्।

निर्वाचन समिति संयोजक जीवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन निर्वाचन समिति सदस्य रामचन्द्र लामिछानेले गरेका थिए।