गण्डकी प्रदेशमा शोक प्रस्ताव पारित

Pravin Panday

ByPravin Panday

२२ फाल्गुन २०७५, बुधबार ०९:३० २२ फाल्गुन २०७५, बुधबार ०९:३० २२ फाल्गुन २०७५, बुधबार ०९:३०

पोखरा, २१ फागुन। गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ।

अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रत्यक्ष निर्वाचित बनेका थिए। बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अन्य व्यक्ति तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति पनि दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ।

प्रदेशसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.