गरुडा नगरपालिकाको छैँठो नगरसभा सम्पन्न !

Pravin Panday

ByPravin Panday

१८ आश्विन २०७८, सोमबार ०५:१६ १८ आश्विन २०७८, सोमबार ०५:१६ १८ आश्विन २०७८, सोमबार ०५:१६

 रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिका आफैँनै नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैँठो नगरसभा अधिवेशन २०७८/०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ । नगर प्रमुख र उपनगर को आपसी तालमेल न मिलेको करण लामो समय देखि बेथिति रहेको गरुडा नगरपालिका केन्द्र सरकारको निर्णय अनुसार भादौ १० हुने नगर सभा ढिलो भएको छ । जनता बिकाश को कार्य ढिलो हुदै रहेको कारण सहमति बाट नभई बहुमतीय बाट नगरसभा गरिएको नगर प्रमुख इन्नु यादव ले बताएको छ

राष्ट्रिय गानबाट सुरु भएको नगरसभामा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा गरिएको थियो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख ईन्नु राय यादबले पानसमा बति बालेर नगरसभाको उदघाटन गर्नु भएको थियोे । नगर प्रमुख ईन्नु राय यादबले सभाध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८/०७९ मा नगरको समग्र विकासका लागि ५३ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना छैँठो नगरसभाबाट ५३ करोड ७५ लाख ६२ हजार रूपैया बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published.