दैनिक जीवनलाई थप सरल र सहज बनाउने उद्धेश्यले “मेरो मम्मा” नामक एप सार्वजनिक गरेको हो ।
यो एपका बिशेषताहरू गर्भधारण सम्बन्धी जानकारी, गर्भावस्थामा चाहिने सल्लाह, बिज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफुजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसँगको अनलाईन समुहका साथै गर्भधान र शिशु सामाग्री किन्नका लागी सरल र सहज अनलाईन पसल रहेका छन् ।
गर्भवती महिला र नवजात शिशुहरुकोलागी चाहिने सुचनामुलक लेख सम्पर्क ठेगाना बिभिन्न उत्पादन तथा सामाग्री बिक्रीका लागी एकिकृत मोबाईल एपको विकास गरि लञ्च गर्ने जमर्को गरेको संस्थाका संस्थापक मध्यका एक रवि अग्रवालले जानकारी दिए । उनका अनुसार ‘यो एपको एउटा उद्देश्य भनेको गर्भधान गरिरहेका जोडीहरुलाई सही विज्ञ र सहि सूचनासँग जोड्नु नै हो । साथै यसको समाधानका लागी काम गर्नु हो । यो एप नवअभिभावकको अनुभवमा आधारित भएकोले सहि सुचना र सहि उत्पादनहरु लक्षित उपभोक्ता समक्ष पुग्ने कुरामा हामी (मेरो मम्मा) विश्वस्त छौं ।’ अग्रवालले भने ।
यो एप नेपालको बजारमा पहिलो प्रयोग भएको र यसबाट मातृ तथा बाल शिक्षा र स्वास्थ्यसँग सम्बन्धित रहकोले यसबाट सबैलाई लाभ मिल्ने विश्वास गरिएको अर्का संस्थापक आशिश अग्रवालले बताए । आशिशले उनकी श्रीमतिकाे गर्भावस्थामा आफुले सहि सूचना नपाएकाे र चाहिने सामाग्री किन्ने ठाउँको अभाव भएको आफ्नै तितो अनुभवबाट प्रेरित रहेर स्थापना गरेकाे बताए।