गाउँपालिका अध्यक्षमा निर्वाचित भए कुनै सरकारी सुविधा नलिनेः शम्भु सिंहको प्रतिवद्धता

Pravin Panday

ByPravin Panday

१९ फाल्गुन २०७८, बिहीबार १६:०६ १९ फाल्गुन २०७८, बिहीबार १६:०६ १९ फाल्गुन २०७८, बिहीबार १६:०६

राधेश्याम साह, रौतहट

दुर्गाभगवती गाउँपालिका वासीको चाहना, भवना अनुसार सम्मान गर्न ढृड संकल्प वोकेका सफल, दक्ष, सवल, लोकतन्त्र र संघियताको सम्मान गर्ने राष्ट्रहितकारी, नगरहितकारी कर्मठ, ईमन्दार, विकासप्रेमी युवा नेता शम्भु सिंहले गाउँपालिका अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
सिंहले आफनो घोषणा पत्रमाः स्थानीय तहका निर्वाचनमा गाउँपालिका अध्यक्ष पदको उमेदवारी दिने घोषगा गर्दै वहाँले २१ वुँदे अवधारणा प्रतिबद्धता सार्जजनिक गर्नु भएको छ ।
सिंहले २१ बुँदे अवधारणा प्रतिबद्धतामा दुर्गा भगवती गाउँपालिकामा आफू गा.पा.अध्यक्ष पदमा निर्वाचित भए, नेपाल सरकारले गा.पा. अध्यक्षलाई दिने सुविधाः– तलब, भत्ता, सेवा, सुविधा, लागयतको सुविधाहरु नलिई गा.पा.को अध्यक्ष नभई गा.पा.को सेवकको रुपमा काम गर्ने अवधारणा प्रतिवद्धता जाहेर गरेको छु ।
त्यस्तै सार्वजनिक गरेको अवधारणा प्रतिबद्धता निम्न वुँदाहरुमा उल्लेख गरी सार्वजनिक गरेको छ ः–
१.म तलव , भत्ता , सेवा , सुबिधा , सुरक्षा केही लिने छैन । म निस्वार्थ रुपमा निशुल्क काम गर्ने छु ।

२. म कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने छु ।
३. म पाच बर्षको अवधीभर पैसा कमाउने कुनै पनि ब्यवसाय वा जागिरमा जोडिने छैन ।
४.म आफुलाई “गाऊपालिका पिता÷ माता” नभएर “पालिका सेवकको रुपमा प्रस्तुत हुनेछु ।
५. गाउँपालिका भित्रका खाजा , ईन्धन लगायतका भौतिक सुबिधाका सबै अतिरिक्त खर्चहरुको कटौटी हुने छ ।
६. प्रत्येक महिनाको अन्त्यमा पालिकाको सबै खर्चहरु पारदर्शी रुपमा वेवसाईटमा सार्वजनिक गरिने छ ।
७. गाउँपालिका भित्र पावर, पहुच, बल र पैसाका आधारमा नभएर नियम कानुन र सिस्ट्मका आधारमा काम गर्ने पद्द्तीको बिकास हुने छ ।
८.गाउँपालिकामा हुने अधिकांश कामहरु डिजिट्ल माध्यमबाट हुने छन ।
९. गाउँपालिका भित्रका अति बिपन्न परिवारलाई निशुल्क पानी र बिजुलीको ब्यवस्था हुने छ । ( निशुल्क खपत गर्न पाउने युनिट तोकिने छ ) ।
१०.गाउँपालिका भित्र स्वास्थ्य बिमाको अवधारणा ल्याउने छु ।
११. पाच बर्ष भित्र गाउँ पालिका भित्रका सबै बाटोहरु कालोपत्रे हुने छन ।

१२. रिंग रोड , रंगशाला र बसपार्कका कामलाई तिब्रता दिईने छ र रिंग रोड भित्र गाउँ पालिकाले बिद्युतिय बसहरु सँचालन गर्ने छ ।
१३. गाउँ पालिका भित्रका अति बिपन्न बिद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा दिईने छ ।
१४.बिदेश जान चाहने सबैलाई निशुल्क सिप बिकासको तालिम दिईने छ ।
१५.गाउँ पालिका भित्रै केही गर्न चाहनेहरुका लागि ३ बर्षका लागि ब्याज बिना १० लाख सम्मको ऋण उपलब्ध गराईने छ ।
१६.गाउँ पालिका भित्र हुने साना ठुला सबै ब्यवसायहरुलाई करको दायरामा ल्याईने छ ।
१७..भ्लनष्किज mभमष्गm स्कुल हरू सन्चालन गराउने छु
१८. ६० बर्ष पुरा गरेका वृद्ध आमा बुवा हरू लाई निशुल्क उपचार को व्यवस्था मिलाउने छु ।
१९.हरेक वार्ड मा ब्mदगबिलअभ सेवा पुर्याउने छु र ब्mदगबिलअभ को खर्च निशुल्क हुनेछ ।
२०.हरेक शुभिदासम्पन् अस्पताल निर्माण गराउने छु ।
२१.हरेक वार्ड बाट १००–१०० जना गरेर ५ वटा वार्ड बाट ५०० युवा लाइ रोजगार दिन पहल गर्ने छु ।

Leave a Reply

Your email address will not be published.