गोर्खाका बानियाले छैटौं संस्करणको अर्मलाको पर्वतीय दौड जिते

Pravin Panday

ByPravin Panday

१ फाल्गुन २०७५, बुधबार ०९:४९ १ फाल्गुन २०७५, बुधबार ०९:४९ १ फाल्गुन २०७५, बुधबार ०९:४९

पोखरा, २९ माघ ।पोखरा १६ स्थित अर्मलामा सम्पन्न छैटौ्र संस्करणको पर्वतीय दौडमा गोर्खाका कल्याण बानियाले बाजी मारेका छन । उनले पहाडी बाटोको १० किलो मिटरको दुरीलाई बानियाले ४४.१७ मिनेटमा पूरा गर्दै मेडर र प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरे ।

यसैगरी, ओखलढुङ्गाका सुवास कार्कीले उक्त दूरी ४४.३८ मिनेटमा पूरा गर्दै दोस्रो भए । उनले प्रमाणपत्र र मेडलसहित नगद १० हजार र रुकुमका राज बुढाले ४४.५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भए । बुढाले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र पाए ।

श्रीपञ्चमीका अबसरमा अर्मलामा लाग्ने विशेष मेला तथा अन्य खेलकुदमा पुरुष भलिबलतर्फ लेब्री परिवार प्रथम हुँदै नगद ५० हजारका साथमा रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, पोखरा भलिबल ट्रेनिङ सेन्टरले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजारका साथमा मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सांसदहरु कृष्ण थापा र सांसद मिना गुरुङले नगद, मेडल र प्रमाणपत्र वितरण गरे । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम, पराम्परागत खेल छेलो फाल्नेलगायतका कार्यक्रमहरु गरिएको आयोजक दुर्गा युबा क्लबका सचिब अन्तिम गुरुङले जानकारी दिए