पोखरा, २२ माघ। ६/८ गोर्खा राइफल्स नाघुनले आफ्नो ७१ आँै जन्मोत्सव मनाएको छ। जन्मोत्सव अवसरमा पोखरामा आयोजित पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै डा मेजर शिवप्रताप सिंहले भूपू सैनिकहरुले अवकाशपछि पनि स्वास्थ्य उपचार नेपालमै निःशुल्क गर्न सकिने बताए।
उनले छोराछोरीलाई कक्षा १ देखि १२ कक्षासम्म पढाइमा सुलभ गरिएको बताउँदै भारतीय सेनामा भर्ति हँदा डकुमेन्टेसनमा गल्ती भए अवकाश र मृत्युपछि सेवा सुविधा दाबी गर्न गाह्रो हुने भएकोले समयमै सचेत हुन आग्रह गरे। कार्यक्रममा संस्थाका सल्लाहकार सु. दुर्गाबहादुर गुरुङ, डिएसपी क्याप्टेन जुद्धबहादुर गुरुङ र रामकाजी गुरुङ लगायतले बोलेका थिए। त्यस अवसरमा कार्यक्रमलाई ५० हजार रुपैयाँ नगद सहयोग गर्ने लक्ष्मी खत्री थापा र हालै ६/८ गोर्खा राइफल्सको सुवेदार मेजर पदमा बढुवा भएकी इन्द्रकुमारी गुरुङलाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्याप्टेन गिरिमान गुरुङले स्वागत र संस्थाका सचिव क्याप्टेन कृष्ण घलेले सञ्चालन गरेका थिए।