घले समाजमा चेलिबेटी भेटघाट

Pravin Panday

ByPravin Panday

७ माघ २०७५, सोमबार ०८:५९ ७ माघ २०७५, सोमबार ०८:५९ ७ माघ २०७५, सोमबार ०८:५९

पोखरा, ६ माघ । घले समाज कास्कीले लिःल ल्होसारसँगै नवौ वार्षिक चेलिबेटी भेटघाट कार्यक्रम गरेको छ । त्यसअवसरमा संस्थालाई एक लाख एक हजार एक सय एक रुपैया सहयोग गर्ने लमजुङ भोर्लेटार घर भई हाल पोखरा–९ पृथ्वीचोक निवासी सुवेदार लालबहादुर, देसीमाया गुरुङलाई सम्मान गरिएको थियो ।

त्यस्तै आर्थिक सहयोग र जिन्सि सामान सहयोग गर्ने सदस्य एवं चेलिबेटीहरुलाई पनि सम्मान गरिएको थियो । पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सल्लाहाकार क्या. हिमानसिंह घले, संस्थाका भूपू अध्यक्ष दुर्गबहादुर घले, ज्वाँईहरुको तर्फबाट जुमकाजी गुरुङले बोलेका थिए ।

घले समाज कास्कीका अध्यक्ष क्या. लिलबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सु. हिराबहादुर घलेले स्वागत र महासचिव प्रेम घलेले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.