घाइते खत्रीको उपचारार्थ सहयोग

Pravin Panday

ByPravin Panday

५ फाल्गुन २०७५, आईतवार ०९:५७ ५ फाल्गुन २०७५, आईतवार ०९:५७ ५ फाल्गुन २०७५, आईतवार ०९:५७

पोखरा, ४ फागुन। मादी–१२, भगवतीटार पहिरेगाउँ निवासी सीमा खत्रीको उपचारको लागि बेलायत निवासी दीपक गुरुङको पहलमा संकलित ६२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

गुरुङले काठमाडौंको कान्ति बाल हस्पिटलमै पुगेर सो रकम हस्तान्तरण गरे।

गत पुस १६ गते अचानक आगोलागीमा परी गम्भीर घाइते खत्री हाल उपचार गरिरहेकी छन्। बमबहादुर खत्री र मीनकुमारी गुरुङ खत्रीकी ९ वर्षीय छोरी सीमा खत्रीको उपचारको लागी हाल रकम अभावको समस्या रहेको छ।

खत्रीको लागि केही राहतहोस् भन्ने हेतुले थोरै मात्रामा भए पनि मलमपट्टी लगाउन सकियोस् भन्ने मनसाय लिएर यो रकम संकलन गरिएको गुरुङले बताए।

सीमा खत्रीको शरीरको करिब ४० प्रतिशत भाग आगोले पोलेर गम्भीर घाइते भएकी छन्।

खत्रीको उपचार खर्च अभाव भएकोले सामाजिक सञ्जालमार्फत सबै नेपालीसँग सहयोग अपील गरिएको छ।

Leave a Reply

Your email address will not be published.