जिल्ला प्रहरी कार्यालय को मातहत मा रहेको प्रहरी चौकी ब्रम्हपुरी वसतपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं.३ चण्डिया गाउँमा भित्री सडक खण्डमा चेकजाँच गर्ने क्रममा बा.६० प-५३५ नम्बरको २२० CC को पल्सर मो.सा.लाई रोकी मो.सा.चालक जिल्ला मकवानपुर मकवानपुर गढी २ वस्ने वर्ष ३२ को अनिल लामा र सोही मो.सा.मा पछाडी सवार ऐ.बकैयाँ गाउँपालिका वडा नं.६ वस्ने वर्ष ३५ को सुकलाल वाईबा समेतलाई चेकजाँच गर्दा सुकलाल वाईबाको साथबाट १ किलो शंकास्पद कालो पदार्थ लागु औषध अफिमको चोप फेला परेकोले मोटरसाईकल समेत निज दुबै जनालाई नियन्त्रणमा लिएको । निजहरुको भनाई अनुसार अफिम रहेकोले दिन ५ म्याद लिई न्यायिक हिरासतमा राखि थप अनुसन्धान कार्य भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ।
