जनप्रिय मावि स्वर्णजयन्तीमा विविध कार्यक्रम

Pravin Panday

ByPravin Panday

१० माघ २०७५, बिहीबार ११:५१ १० माघ २०७५, बिहीबार ११:५१ १० माघ २०७५, बिहीबार ११:५१
जनप्रिय माध्यमिक विद्यालय, पोखरा–८, सिमलचौरको स्वर्णजयन्तीको अवसरमा बुधवार निकालिएको प्रभातफेरीमा परम्परागत भेषभुषामा विद्यार्थी, स्काउट, पञ्चेबाजालगायतको टोली। तस्वीरः आदर्श समाज

पोखरा, ९ माग। जनप्रिय माध्यमिक विद्यालय, पोखरा–८, सिमलचौरको स्वर्णजयन्ती कार्यक्रमअन्तर्गत दोस्रो दिन पूर्व विद्यार्थी मञ्चद्वारा प्रभातफेरी तथा पुनर्मिलन कार्यक्रम भएको छ।

विद्यालयको गेटबाट बुधबार बिहान सुरु भएको प्रभातफेरी सृजनाचोक, पृथ्वीचोक, नागढुंगा, एयरपोर्ट, रत्नचोक हुँदै पुनः विद्यालयमा पुगी कार्यक्रममा परिणत भएको थियो।

प्रमुख अतिथि पूर्व विद्यार्थी एवम् प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले विद्यालयको शैक्षिकस्तर सुधार्न सबै लाग्नुपर्ने धारणा राखे । उनले पूर्व विद्यार्थी जहाँ भए पनि आफू अध्ययन गरेको विद्यालयलाई बिर्सन नहुने बताए। उनले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न जुनसुकै सहयोग गर्न आफू पछि नपर्ने बताए।

कार्यक्रममा विद्यालय स्थापनाकालदेखि जीवनपर्यन्त तथा मरणोपन्त सबै प्रअलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सुमन गिरी, इन्द्रबहादुर रानाभाट, अर्जुन पोखरेल, वीरेन्द्रनारायण बिजुक्छे, मित्रलाल बराल, रुद्रनाथ बराल, तेजकुमारी पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

पूर्व विद्यार्थी मञ्च अध्यक्ष सरोजनारायण बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शंकर भण्डारीले स्वागत र महासचिव रामेशवर बरालले सञ्चालन गरेका थिए।

कार्यक्रममा पूर्व विद्यार्थी लक्ष्मी गिरी पिङ्गला भट्टसहित विद्यालयका विद्यार्थीबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।