जनसेवीको त्रैमासिक समीक्षा गोष्ठी

Pravin Panday

ByPravin Panday

२९ माघ २०७५, मंगलवार ११:०८ २९ माघ २०७५, मंगलवार ११:०८ २९ माघ २०७५, मंगलवार ११:०८

पोखरा, २८ माघ । पर्वत कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ।

संस्थाका संचालक मेघनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री, नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, वरिष्ठ प्रबन्धक केशवनारायण प्रधान, सहायक प्रबन्धक   हर्षबहादुर स्याङ्गतान, कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्मा सहित २५ वटा शाखा कार्यालयबाट सहभागी शाखा प्रमुखको गोष्ठीमा सहभागीता थियो ।

कार्यक्रमको नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, सहायक प्रबन्धक हर्षबहादुर स्याङ्गतान र कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्माले सहजीकरण गरेका थिए। २५ वटा शाखाका शाखा प्रमुखले सम्बन्धित शाखाको अवस्थाबारे प्रकाश पारेका थिए।

संस्थाले १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु मार्फत १३ हजार २ सय ४ जना सदस्यबाट १५ करोड ४८ लाख रुपैयाँ बचत संकलन गरेको छ जनाएको छ ।