काठमाडौं – राजधानीमा जारी तेस्रो दक्षिण एसियाली फुटबल महासंघ साफ यू १८ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपालले आइतबार भुटानसँग खेल्दै छ। भुटानविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ घोषणा गरिएको छ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफ मैदानमा हुने खेलमा नेपाल जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने प्रयाशमा छ। नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो।