टिपरको ठक्करबाट एककोे मृत्यु

Pravin Panday

ByPravin Panday

२७ माघ २०७५, आईतवार १२:५६ २७ माघ २०७५, आईतवार १२:५६ २७ माघ २०७५, आईतवार १२:५६


विराटनगर, २७ माघ । विराटनगर महानगरपालिका–२ बरगाछीमा आइतबारविहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो । उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नयन्त्रणमा लिएको छ ।