पोखरा, ८ फागुन । पर्वत जिल्लाको बिहादी गाउँपालिका—५ को हाडीखर्कमा मंगलवार दिउसो ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी स्थानीय ३५ बर्षीय पदम वहादुर नेपालीको घटनास्थल र २८ बर्षीय बिक्कु केसीको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो । ध१च ३१५ नं को ट्याक्टर उरामको हाडीखर्कमा सडकवाट एक सय मीटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनास्थल उराम पर्वतको दक्षिणी भागमा पर्छ ।