ढाकामा भीषण आगलागी हुँदा ५० को जलेर मृत्यु

Pravin Panday

ByPravin Panday

९ फाल्गुन २०७५, बिहीबार १०:४८ ९ फाल्गुन २०७५, बिहीबार १०:४८ ९ फाल्गुन २०७५, बिहीबार १०:४८


काठमाण्डौ, ९ फागुन । बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। उक्त आगलागीमा जलेर ४० वढी गम्भीर घाइते भएका छन्।

बुधबार रातिबाट सुरु भएको आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

ढाकाको पुरानो शहरका रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासमा फैलिँदा ठूलो मानवीय क्षति भएको हो। आगो लाग्नुको कारण भने खुलेको छैन। आगो नियन्त्रणमा लिन ३७ वटा दमकल प्रयोग गरिएको छ ।

ओगोमा जलेर मृत्यु भएका १२ जनाको शव निकालिएको छ। आगो पूर्ण रुपमा निभाएपछि अरु शव निकालिने बंगलादेशी अधिकारीले जनाएका छन्। स्थानीयले सिलिण्डर पड्केर आगलागी सुरु भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published.