तनहुँ बन्दीपुरमा जीप दुर्घटनामा २ जनाको मुत्यु, १ घाइते

Pravin Panday

ByPravin Panday

२१ फाल्गुन २०७५, मंगलवार १६:३५ २१ फाल्गुन २०७५, मंगलवार १६:३५ २१ फाल्गुन २०७५, मंगलवार १६:३५
k[YjL /fhdfu{cGtu{t tgx'Fsf] Jof; gu/kflnsf–!@ 3fF;Ls'jfdf d+unaf/ ;8saf6 #) ld6/ tn v:bf b'3{6gfu|:t u ! h @()& g+ sf] lhk . b'3{6gfdf Ps hgfsf] d[To' ePsf] 5 eg] !@ hgf 3fOt] ePsf 5g . t:jL/ M s[i0f Gof}kfg], bdf}nL, -tgx'F_, /f;;

तनहुँ, २१ फागुन । तनहुँको बन्दीपुर—३ तामुङबाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका—१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।

उक्त दुर्घटनामा परी बन्दीपुर—३ रामकोटका ७५ बर्षीय बुद्धिबहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास—१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लग्ने क्रममा बाटोमै मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परि गम्भीर घाइते भएकी ६० वर्षीय देविमाया थापालाई थप उपचारका लागि पोखरा ल्याइएको छ । अन्य १० जना घइतेको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराए ।

गुडिरहेको जीपको अगाडीको टायर पन्चर हुँदा सडकबाट करिब दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.