तीन दिन देशैभरी बर्षा हुने

Pravin Panday

ByPravin Panday

१९ फाल्गुन २०७५, आईतवार ०९:५५ १९ फाल्गुन २०७५, आईतवार ०९:५५ १९ फाल्गुन २०७५, आईतवार ०९:५५


पोखरा, १९ फागुन । पश्चिम न्यून चापीय प्रणणलीका कारण मौषम बदलीभई नेपालका विभिन्न भागमा तीन दिनसम्म बर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानैदेखि काठमाण्डौ, पोखरा लगायत देशका धेरै स्थानमा बर्षा भएको जनाएको छ । शनिबार रातिबाट फैलिएको नयाँ पश्चिमी वायूको प्रभावले देशभर मौसम बदली भएको महाशाखाका मौसमविद् सुवास रिमालले बताए।

पश्चिमी वायुको प्रभावकै कारण नेपालमा यस वर्ष हिमपात पनि विगत वर्षभन्दा धेरै भएको छ। यस वर्ष पहाडी क्षेत्रका होचा भू—भागमा समेत हिमपात भएको छ। काठमाडौं उपत्यकामा समेत यस वर्ष १२ वर्षपछि बाक्लो हिउँ परेको छ।

अबको तीन दिन देशका धेरै ठाउँमा मेघ गर्जनसहित हल्का बर्षाको सम्भावना छ,’ रिमालले भने, ‘देशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको समेत सम्भावना देखिन्छ।’ यो प्रभाव मंगलबारसम्म जारी रहने रिमालले बताए।

महाशाखाका अनुसार आइतबार अपराह्न देशको पश्चिमी भू—भागसँगै मध्य र पूर्वका पहाडी भू—भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

विगतभन्दा यस वर्ष पश्चिमी वायुको प्रभावले नेपालमा औसतभन्दा धेरै वर्षा भएको छ। मौसमविद् रिमालले २३ पुसयता करिब दर्जनपटक पश्चिमी वायु नेपाल भित्रिसकेको छ। जसको प्रभावस्वरुप देशैभर औसतभन्दा बढी वर्षा भएको बताए ।

Leave a Reply

Your email address will not be published.