थप अमेरिकी सामानमा चीनद्वारा नयाँ कर वृद्धि गर्ने घोषणा

Pravin Panday

ByPravin Panday

८ भाद्र २०७६, आईतवार ११:३८ ८ भाद्र २०७६, आईतवार ११:३८ ८ भाद्र २०७६, आईतवार ११:३८

 

चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्नेगरी निर्णय लिएको थियो ।

तर अमेरिकामा निरन्तरको करवृद्धिले देशको अर्थतन्त्रलाई नै प्रभावित पार्नसक्ने विज्ञहरूको धारणापछि यसलाई डिसेम्बर १५ सम्मका लागि पछि सारेको थियो ।

चीनले नयाँ करवृद्धिबारे अमेरिकी निर्णयको प्रतिक्रियास्वरूप पछिल्लो घोषणा गरेको हो ।

ुचीनले अमेरिकाबाट चीन आयात हुने विभिन्न पाँच हजार ७८ अमेरिकी सामानहरूमा पाँचदेखि १० प्रतिशतसम्म कर वृद्धि गर्नेछ,ु चिनियाँ राज्य परिषद् राजश्व कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published.