२ आश्विन २०७८, शनिबार १८:२१ २ आश्विन २०७८, शनिबार १८:२१ २ आश्विन २०७८, शनिबार १८:२१
प्याबसन नगर कमिटीको गौर रौतहटको दोश्रो नगर अधिवेशनमा नगरकमिटीको अध्यक्षमा संतोष पौडेल निर्विरोध रुपमा चयन हुनु भएको छ । पौडेल इंटरनेशनल बाल ऐकेडमी गौर,५ स्कुलका प्रिन्सिपल तथा निर्देश हुनुहुन्छ ।
नगर शिक्षा विकासमै समर्पित हुनेछु :संतोष पौडेल
पौडेल भन्नु हुँन्छ विद्यालयमा गुणस्तरीयता छ वा छैन भनेर थाहा पाउन त्यो विद्यालयमा पढेका विद्यार्थीहरुले सही रुपमा आफ्नो जीवनयापन गर्न सकेको छ कि छैन भन्ने हेर्नुुपर्ने हुन्छ । यदि विद्यार्थीहरुले सही रुपमा आफूलाई बजारमा प्रयोग गर्न सकेका छन् भने त्यहाँ गुणस्तरीयता छ, सकेका छैनन् भने गुणस्तरीयता छैन भन्ने बझिन्छ । यसका साथै विद्यालयको शिक्षा तथा कामप्रति अभिभावक तथा विद्यार्थी सन्तुष्ट छन् भने विद्यालयमा गुणस्तरीयता छ भन्न सकिन्छ । गुणस्तरीयता समयसापेक्ष रुपमा परिर्वतन हुने गर्दछ । विद्यार्थी तथा अभिभावकहरुको रुचि तथा चाहना समयअनुसार परिवर्तन हुने गर्दछ । त्यहीअनुसार शिक्षामा पनि परिर्वतन हुनुपर्छ, जुन परिर्वतन इंटरनेशनल बाल ऐकेडमी विद्यालयले स्वीकार गर्न सकेको छ ।