नयाँ दिल्लीमा स्वाइनफ्ल्यु

Pravin Panday

ByPravin Panday

८ फाल्गुन २०७५, बुधबार ११:०६ ८ फाल्गुन २०७५, बुधबार ११:०६ ८ फाल्गुन २०७५, बुधबार ११:०६


नयाँ दिल्ली , ८ फागुन । भारतमा डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन्।

बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूको भनाई छ।राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन्। तीमध्ये झण्डै सात सय जना पछिल्लो दश दिनमा प्रभावित भएका हुन्।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधी लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा छ।

Leave a Reply

Your email address will not be published.