पोखरा, २० माघ । टी–२० अन्तर्रािष्ट्रय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल आज (आइतबार) नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।
तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आइतवार यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।
आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा हुनेछ । यूएई पनि नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।
यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्रािष्ट्रय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।