नेपाल विद्युत प्राधिकरणले करिब ३ सय कर्मचारी माग्यो

Sonu Kumar Mahato

BySonu Kumar Mahato

२० भाद्र २०७८, आईतवार ०८:०२ २० भाद्र २०७८, आईतवार ०८:०२ २० भाद्र २०७८, आईतवार ०८:०२

नेपाल विद्युत प्राधिकरणले करिब ३ सय कर्मचारी माग गर्दै पदपूर्ति गर्ने सूचना निकालेको छ। शुक्रबार प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा २७८ कर्मचारीको माग गर्दै सूचना निकालेको हो।

प्राधिकरणले अधिकृत, सहायक स्तरका मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्रीमा कर्मचारी माग गरेको छ।

इच्छुक उम्मेद्वारले असोज ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

अनलाइन आबेदन फारम भर्ने तरिका

Leave a Reply

Your email address will not be published.