- जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित ३० जनाको गोली लागेर ज्यान गएको छ ।
- गोली लागेर ५० जना घाइते भएका छन् ।
- थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना प्राप्त नभएसम्मका लागि बन्द ।
काठमाण्डौ, १ चैत । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ३० जनाको ज्यान गएको छ ।
जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित ३० जनाको गोली लागेर ज्यान गएको बताइएको छ । आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको त्यहाँ स्थित संचारमाध्यमले जनाएका छन् ।
थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना प्राप्त नभएसम्मका लागि बन्द गरिएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।
प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् ।
आक्रमणकारी, उनले आफ्नो नाम ब्रेन्टन ट्यारन्ट भनेका छन् । प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भएनभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
बीबीसीका अनुसार, आक्रमणमा संलग्नको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमण गरिएको क्राइस्टचर्च दक्षिण टापुमा अवस्थित न्यूजिल्याण्डकै ठूलो शहर हो ।