पहिलो दिन नै जीवन विकास लघुवित्तको आइपीओमा ३ गुणा बढी आवेदन

Pravin Panday

ByPravin Panday

११ असार २०७८, शुक्रबार १८:०५ ११ असार २०७८, शुक्रबार १८:०५ ११ असार २०७८, शुक्रबार १८:०५

जीवन विकास लघुवित्तको आइपीओ पहिलो दिन नै साढे ३ गुणा बढी आवेदन परेको छ।बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे २ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको ३.७३ गुणा धेरै हो।

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published.