पहिलो पटक स्याङ्जा आँधीखोला महोत्सव

Pravin Panday

ByPravin Panday

२९ माघ २०७५, मंगलवार ११:२८ २९ माघ २०७५, मंगलवार ११:२८ २९ माघ २०७५, मंगलवार ११:२८

स्याङ्जा, २८ माघ। स्याङ्जा च्याम्बर अफ कमर्शले फागुन १७ देखि प्रथम स्याङ्जा आँधीखोला महोत्सव गर्ने भएको छ।

पुतलीबजार–१ स्थित मालेबगर खेलमैदानमा महोत्सव गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले महोत्सव मार्फत स्याङ्जाको पहिचान देश विदेशमा पु¥याउनुका साथै जिल्लामा उत्पादित वस्तु प्रचारप्रसार गर्ने अवसर सदुपयोग गर्न आग्रह गरे। महोत्सव सफल बनाउने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैले सहयोग गरे महोत्सव सफल बनाउनु पनेर्मा जोड दिए।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, उपप्रमुख महेश पुरी, नेकपा एमालेका टीकाराम पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, वडा अध्यक्षहरु शेषराज ढकाल र अमृतप्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेशन प्रबन्धक रमेश गोदार लगायतले महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

च्याम्बर अफ कमर्श अध्यक्ष नन्दकुमारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ्ले स्वागत एवं महासचिव लोकनाथ रेग्मीले संचालन गरेका थिए ।

‘कृषि पर्यटन उद्योग र ब्यवसाय विकास हाम्रो शान, प्रथम स्याङ्जा आधीखोला महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ हुने महोत्सवमा विभिन्न २ सय स्टलहरु राखिने भएका छन्।

१२ दिनसम्म चल्ने महोत्सवको करिब ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै, महोत्सबबाट ७० लाख आम्दानी र ५० लाख खर्च हुने आयोजकको अनुमान छ ।

बचतमध्ये २० लाख रुपैयाँ विभिन्न सामाजिक कार्यका लागि खर्च गर्ने आयोजकले जनाएको छ। महोत्सवबाट कृषि, घरेलुउद्यम, पर्यटन, ब्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्दनका सहयोग पुग्ने अपेक्षा लिएको छ।

Leave a Reply

Your email address will not be published.