
हेमजा, १२ माघ। अन्नपूर्ण गाउँपालिका ३ मा आगामी वर्ष पाउँदुर महोत्सव हुने भएको छ।
शनिवार बसेको वडा भेलाले पाउँदुर युवा संजाल तथा वडा कार्यालयको संयुक्त आयोजनामा महोत्सव गर्ने निर्णय गरिएको हो ।
महोत्सव पाउँदुरको पहिचानसँग जोडिने वडाध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । यसबारे सरोकारवालाबीच थप छलफल गरी चाँडै नै मिति तय गरिने वडाध्यक्ष गुरुङको भनाइ छ।
महोत्सवमा कृषि तथा जडिबुटी प्रदशएनी, पाउँदुरको संस्कृतिको पहिचान तथा अन्य विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने भेलाले निर्णय गरेको छ।
सो भेलाले मुख्यमन्त्री कृषि कार्यक्रमबारे पनि छलफल गरेको छ। यस वर्ष सो कार्यक्रमअन्तर्गत उक्त वडामा ३० लाख बजेट विनियोजन भएको छ।
भेलाले कार्यक्रम सफल बनाउन विश्वनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ।
समितिको उपसंयोजकमा फणिन्द्रप्रसाद पौडेल, सचिवमा ओमप्रसाद पौडेल र कोषाध्यक्ष पार्वती पौडेल चयन भएका छन।
अन्य सदस्य थप गरिनेछ। कार्यक्रम वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको थियो।