पोखरा, १३ फागुन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्रपर्ने कास्कीको माछापुच्छे« गाउँपालिका अन्तरगत पोथना, ठूलाखर्क र धम्पुसमा क्षेत्रमा संरक्षण चित्रकला यात्रा २०७५मा सिर्जना गरिएका संरक्षण चित्रकला सामेवारदेखि प्रदर्शनीमा राखिएको छ ।
पोखरा आर्ट ग्यालेरी महेन्द्रपुलमा प्रर्दशन गरिएका कलाकृतिहरुको सोमवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सुभारम्भ गरेका छन् ।
कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षण चेतना विस्तारका लागि गरिएका विभिन्न कार्यक्रमहरु मध्य संरक्षण चित्रकलाले वातावरण र प्रकृतिक सम्पदा संरक्षणमा सहयोग पु¥याउने मन्त्री लम्सालले बताए । गण्डकी प्रदेश प्रकृति र संस्कृतिले धनी प्रदेश भएकोले कला र संस्कृतिको एक पृथक संग्रहालय बनाउन आवश्यक भएको भन्त्री लम्सालको भनाई थियो ।
उक्त अवसरमा संरक्षण चित्रकला यात्राको आरम्भ २०४९ देखि नै कलाको माध्यमबाट योगदान पु¥याउनु भै नयाँ पिढीलाई समेत पे्ररणा प्रदान गरे वापत बरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यान) लाई सम्मानित गरिएको थियो । चित्रकला अन्तर्राष्ट्रिय भाषा भएका कारण प्रकृतिको महिमा चित्रका माध्यमबाट भाषा संसारभर कै मानिसलाई सजिलै बुझाउन र आदान प्रदान गर्न सकिने भएकोले चित्रकलाप्रति आकर्षण बढेको बरालले बताए ।
प्रदर्शनीमा कलाकार दुर्गा बराल, गोपाल श्रेष्ठ, आलोक गुरुङ, रमेश श्रेष्ठ, जिवन राजोपाध्याय, भीम शर्मा, सुन्दर लामा, रिक गुरुङ, मनोज तामाङ, विश्व केसी, थमनसिंह सुनार, गोपाल दराई, महादेव शाही, देवेन्द्र गुरुङ, ज्योति गुरुङ, एलीता गुरुङ, आकाश गुरुङ, सुमन गुरुङ, सुशान्त थापा मगर र विजय गुरुङका ३२ थान चित्रहरु प्रदर्शन गरिएका थिए ।