पोखरा, २२ माघ । पोखरा फाइनान्स लिमिटेडले पोखरा ढुंगेपाटनमा रहेको पोखरा विश्वविद्यालय परिसरको लागि आधुनिक डस्टविनहरु वितरण गरेको छ।
फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ पोखरा विश्वविद्यालयलाई ४० थान आधुनिक डस्टविनहरु सहयोग गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए।
कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निदेर्शक डा रवीन्द्र घिमिरे, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ, वित्तीय संस्थाका कर्मचारीहरु, विश्वविद्यालयका कर्मचारी र बिधार्थी लगायतको उपस्थिति रहेको थियो।