पोखरा फुटबल मैदान : ४० प्रतिशत काम सकियो

Pravin Panday

ByPravin Panday

३१ भाद्र २०७६, मंगलवार १३:१८ ३१ भाद्र २०७६, मंगलवार १३:१८ ३१ भाद्र २०७६, मंगलवार १३:१८

कास्की – पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदानको ४० प्रतिशत काम सकिएको छ । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले कात्तिक १५ गते भित्रमा मैदान तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो ।

१३ औँ दक्षिण एशियाली खेलकूद ९साग० को महिला फुटबल खेल पोखरा रङ्गशालामा खेलाइने भएपछि फुटबल मैदानको निर्माण कार्य तीव्र बनाइएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप० सदस्य राजेशकुमार गुरुङले बताउनुभयो । आफूहरुले तोकेको समयसीमा सकिन अब ७८ दिन बाँकी भए पनि १५ दिन अगाडि नै आफूहरुलाई बुझाइसक्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

खेलकुद मन्त्रालय, राखेप तथा क्षेत्र र जिल्ला खेलकुद समितिले समेत निर्माण कार्यप्रति निरन्तर चासो राख्दै आएपछि काम द्रुत गतिमा अघि बढेको हो । ‘आम पोखरेलीको सपना साकार पार्न बिहान ७ बजेदेखि राति ८ बजेसम्म फिल्म म आफैँ खटिएर निरीक्षण गरेको छु’ उहाँले भन्नुभयो ‘आवश्यक परेको खण्डमा सहयोग र मार्गनिर्देशन पनि दिने गरेको छु’ । निर्माण कम्पनीको पछिल्लो कार्य प्रगति हेर्दा समयमै काम सकिने उहाँको दाबी छ ।

१० हजार सिट क्षमताका प्याराफिट तयार गर्न प्रतिबद्ध छौँ : बराल

रङ्गशालाभित्र बनिरहेको फुटबल मैदानको निर्माणको काम गरिरहेको एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्पोर्टस् इन्फ्रा९जेभी०का प्रोजेक्ट म्यानेजर दीपक बरालले कात्तिक १५ सम्ममा १० हजार सिट भएको प्याराफिट तयार गर्ने जानकारी दिनुभयो ।

प्याराफिटको काम चार वटा ग्यालरी बनाएर भइरहेको बताउदै उहाँले कात्तिक १५ सम्ममा ए ग्यालरी र सी ग्यालरीमा कुर्सीसहितको प्याराफिट बनाइनेछ । ए ग्यालरीमा ५ हजार २ सय कर्सी राखिनेछ भने सी ग्यालरीमा ४ हजार कुर्सी राखिने बरालको भनाइ छ । बाँकी कुर्सी पछि थपिने उहाँले जानकारी दिनुभयो ।

अहिले मैदान, एथ्लेटिक ट्रयाक र प्याराफिट फाउन्डेशनको काम भइरहेको उहाँले बताउनुभयो । शनिबार मात्र इटालीबाट ट्रयाकको लागि आवश्यक ग्रयानुयल्स सिन्थेटिक ट्रयाक मेटेरियल आइसकेको जानकारी दिँदै फ्रान्सबाट कुर्सी पानी जहाजमार्फत आयात गरिसकिएको बताउनुभयो । मैदानको लागि दुबो पनि भारतको कलकत्ताबाट लोड गरेर ल्याउने तयारी भइरहको बरालले बताउनुभयो । घाँस रोप्ने र एथ्लेटिक ट्रयाकको काम सँगसँगै हुनेछ ।

उहाँका अनुसार दैनिक १२० कामदार निर्माण कार्यमा खटिएको तथा बिहान ६ बजेदेखि साँझ १०र११ बजे सम्म नै काम भइरहेको छ । ‘कामको लोड भएको बेला अबेर सम्म पनि काम गरिन्छ, शनिबार त १२ बजे सम्म काम गर्‍यौँ’ उहाँले भन्नुभयो ।

बजेटका कारण पूर्वाधारका काम रोकिँदैन : खेलकुदमन्त्री विश्वकर्मा

आइतबार पोखरा रंगशाला निरीक्षणपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बजेटका कारणले पूर्वाधारको काम नरोकिने बताउनुभएको छ ।

उहाँले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता नेपालको प्रतिष्ठाको विषय भएकोले स्वीकृति लिएर काम अगाडि बढाउन निर्देशन गर्नुभयो । पोखरा रंगशालाभित्रको फुटबल मैदान कात्तिक १५ भित्रको बोर्डरलाइनमा निर्माण पूरा हुने दाबी गरिएको छ । महिला फुटबललाई लक्षित गरी मैदानको काममा मन्त्री विश्वकर्मा पनि तदारुकताका साथ लाग्नुभएको छ ।

विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष २०७२ कोे गोर्खा भूकम्पबाट क्षति पुगेपछि साग खेलकुदको मिति तय भएसँगै नयाँ निर्माण प्रक्रिया अघि बढेको थियो ।

गत आवको असार मसान्तसम्ममा निर्माण सकिसक्ने गरी गएको फागुनमा शिलान्यास गरिए पनि लामो समय डिजाइनको टुङ्गो नलाग्दा कामले गति लिन सकेको थिएन । पछि एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्पोर्टस् इन्फ्रा ९जेभी०ले पक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाएको हो ।

सम्झौतामा साधारण, भीआईपी, भीभीआईपी गरी १६ हजार ५०० दर्शक क्षमताको प्याराफिट बन्ने उल्लेख भए पनि पछि दुई हजार क्षमता थप गर्ने तयारी गरिएकाले लागत एक अर्ब ३० करोडसम्म अनुमान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.