प्रकृति–मानव केन्द्रित जनअभियानको दोस्रो अधिवेशन

Pravin Panday

ByPravin Panday

२० फाल्गुन २०७५, सोमबार ०९:४९ २० फाल्गुन २०७५, सोमबार ०९:४९ २० फाल्गुन २०७५, सोमबार ०९:४९

पोखरा, १९ फागुन। प्रकृति र मानव वीचको पर्यावरणीय असन्तुलन विरुद्ध अभियान चलाउदै आएको प्र्रकृति मानव केन्द्रित जन अभियान नेपाल युनिटको कास्की शाखाको अधिवेशन सम्पन्न भएको छ। दोस्रो सम्मेलनले तिलक प्रसाद पुनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। सर्वसम्मत चयन हुनेहरूमा उपाध्यक्षमा शिवराज वस्ताकोटी, सचिवमा मन बहादुर पुन, कोषाध्यक्षमा पारिजात खराल र सह सचिवमा प्रेमवहादुर सुनार रहेका छन्। यस्तै सदस्यहरूमा भोजेन्द्र पाण्डे, ज्ञानु लामा, विज्ञान पौडेल, शान्त कुमार श्रेष्ठ, मंगलवहादुर नेपाली, मीना घिसिङ, सहित १३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ।

सम्मेलनको उद्घाटन सत्रमा वोल्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष राम बहादुर कार्कीले अभियानलाई महानगरपालिकाले नीति वनाएरै सहयोग पुर्याउने बताए।

पोखरा महानगरपालिकाका वातावरण शाखा प्रमुख निर्मलमान सिंह भण्डारीले पृथ्वीमा भएको लापरवाहीका कारण ओज तहको तापमान अस्वभाविक रूपले वढेको बताए। वायुमण्डलको चक्रमा आएको असन्तुलनका कारण विश्वमा मानव र प्रकृति संकटमा परेकोले अव मानव जगतले गम्भीर भएर सोच्नु पर्ने वेला आएको भण्डारीले वताए।

सम्मेलनमा अभियान नेपाल युनिटका केन्द्रिय पूर्व अध्यक्ष उत्तम कंडेलले संकट निवारणका लागि खेल्नु पर्ने भूमिका वारे प्रस्टयाएका थिए। अभियानमा जिल्ला अध्यक्ष डि.वि. विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published.