प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका जाने

Pravin Panday

ByPravin Panday

३ चैत्र २०७५, आईतवार १४:४७ ३ चैत्र २०७५, आईतवार १४:४७ ३ चैत्र २०७५, आईतवार १४:४७
Accompanied by his wife Sita, Prime Minister Pushpa Kamal Dahal speaks with media as he arrives at the Tribhuvan International Airport, after concluding his state visit to India, on Sunday, September 18, 2016. Photo: RSS

काठमाण्डौ, ३ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचार गर्न आइतबार साँझ अमेरिका जाने भएका छन् ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना पाएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् ।