प्रधान न्यायधिश जबराको आचरणमा प्रश्न ।

Pravin Panday

ByPravin Panday

२४ आश्विन २०७८, आईतवार १४:३४ २४ आश्विन २०७८, आईतवार १४:३४ २४ आश्विन २०७८, आईतवार १४:३४

राधेश्याम साह
गौर रौतहट

हाम्रो देशका वरिष्ट अधिवक्ताहरु द्घारा प्रधान न्यायाधिश चुलेन्द्र शम्शेर जबराको कोटावाट गजेन्द्र बहादुर हमाल उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री नियुक्त भएको विषय समेतको मांग गरी प्रधान न्यायधिश जवराको न्यायिक आचरणमा प्रश्न उठाएको छ ।
न्यायपालिका कुनै पनि देशको स्वतन्त्रता मापन गर्ने कसी हो। न्यायपालिकाले सबैलाई छहारी प्रदान गर्ने भएकाले न्यायाधीशको पदलाई सम्मान गरिन्छ। न्याय प्रदान गर्न देशका संविधानमा स्वतन्त्र न्यायपालिकाको ग्यारेन्टी गरिएका हुन्छन्।
न्यायपालिकाको स्वतन्त्रताकै लागि न्यायाधीशको सेवाको सुरक्षा गरिने हो। न्यायाधीश शब्दको अर्थ नै न्यायको ईश्वर भएकाले न्यायाधीशको पदलाई विशेष महत्व दिइएको सर्वविदित नै रहेको छ ।
यसले न्याय पद्धतिप्रति जनआस्था र विश्वास अभिवृद्धि गर्न निरन्तर प्रयास गर्दै तथा न्यायपालिकाको
प्रतिष्ठालाई उच्च राख्ने गरी न्यायाधीशहरूको आचरण एवं व्यवहारका विषयमा आधारभुत सिद्धान्त तथा मानकहरू निर्धारण गरी अन्तर्राष्ट्रिय स्तरमा विकसित सिद्धान्त एवं मुलूकभित्र विद्यमान प्रचलन, व्यावहार, न्यायिक संस्कृतिका आवश्यक पक्षलाई समेटी एकीकरण गरी न्यायधिशको आर्चय संहिता, बनाई त्यस्को तदारुक्ताका साथ परिपाल्नाको आवश्यक्ता अपरिहार्य रहेको छ ।
यसले गर्दा अन्य राज्य संयन्त्रबाट न्यायपालिकालाई सुरक्षित राख्ने प्रयास गरिनुको कारण पनि स्वतन्त्रताकै विषयले हो । विदेशी लगानीकर्ताले लगानी गर्नुअघि त्यस देशको न्यायपालिकाको स्वतन्त्रताको स्थिति आकलन गरी लगानी गर्ने गर्छन् । लगानी, विकास, सुशासन कायम गर्ने कार्यमा न्यायपालिकाको ठूलो भूमिका हुन्छ। स्वतन्त्र न्यायपालिकाविनाको राज्य व्यवस्थालाई उचित मान्न सकिँदैन।

Leave a Reply

Your email address will not be published.