बजेटले तोकेको पूँजीगत लाभकर आजदेखि लागू, अब अल्पकालिन लगानीकर्ताले साढे ७ प्रतिशत कर तिर्नुपर्ने

Sonu Kumar Mahato

BySonu Kumar Mahato

१ श्रावण २०७८, शुक्रबार १५:५४ १ श्रावण २०७८, शुक्रबार १५:५४ १ श्रावण २०७८, शुक्रबार १५:५४

बजेटले अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्याउदै अल्पकालीन लगानीकर्तालाई बढी र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको थियो।

सोहि अनुसार अबदेखि लगानीकर्ताले तिर्ने करको दर परिवर्तन भएको छ।

अब खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्ताले पूँजीगत लाभको साढे सात प्रतिशत कर तिर्नु पर्नेछ।

यसैगरी, एक वर्षभन्दा धेरै अवधिको लागि शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्ताले यसअघिकै अर्थात ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ।

बजेटले व्यवस्था गरे अनुसार पूँजीगत लाभकर गणनाको लागि सिस्टम तयार भइसकेको सिडिएसीले जनाएको छ। सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बजेटले भने अनुसारको लाभकर गणनाको लागि सम्पूर्ण सिस्टम लगभग तयार भइसकेको र टेस्टिङ भइरहेको जनाएका छन्।

आइतबारदेखिको कारोबारमा सोहि अनुसार लाभकर गणना गर्न सकिने गरि सिस्टम तयार गरिएको न्यौपानेले बताए।

Leave a Reply

Your email address will not be published.